कास्कीमा ९ पदका लागि १ सय १ उम्मेदवार

प्रकाश ढकाल
पोखरा, कार्तिक १७ ।
दुई ठूला शक्ति नेपाली काँग्रेस र वाम गठबन्धन सहित विभिन्न दलका उम्मेदवारले कास्कीमा मनोनयन दर्ता गरेका छन् । बिहिबार मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधी सभा र प्रदेशसभाका लागि मनोनयन दर्ता गराएका हुन् । जिल्लामा प्रतिनिधीसभा र प्रदेश सभाका लागि १७ वटा दलसहित केही स्वतन्त्र ब्यक्तिले पनि उम्मेदवारी दिएका छन् । जिल्लाभर जम्मा ९ वटा पदमा निर्वाचित हुने भएपनि १ सय १ जनाले दावेदारी प्रश्तुत गरेका छन् ।
३ प्रतिनिधीसभाको निर्वाचन क्षेत्र रहेको कास्कीमा ३ स्वतन्त्र सहित ३७ जनाले उम्मेदवारी दिएका छन् भने ६ वटा प्रदेशसभाको निर्वाचन क्षेत्र रहेकोमा ६४ जनाको दावेदारी परेको छ । नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी केन्द्र, राप्रपा, नेपाली काँग्रेस विपी, मंगोल अर्गनाइजेसन, राप्रपा प्रजातान्त्रिक, राष्ट्रिय जनमोर्चा, विवेकशील साझा पार्टी, नयाँशक्ति नेपाल, संघीय समाजवादी फोरम नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, जनसमाजवादी पार्टी नेपाल लगाएतले आफ्ना उम्मेदवार अघि सारेका छन् । स्थानीय चुनावमा दर्जनौं स्वतन्त्र उम्मेदवार देखिएपनि प्रदेश र प्रतिनिधीसभा चुनावका लागि भने खासै स्वतन्त्र उम्मेदवारी परेको छैन । जिल्लाभर २ जनाले मात्रै स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । ३ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कास्कीमा विषेशगरी वाम गठबन्धन र काँग्रेसबीच बढी टक्कर हुने देखिएको छ ।
काँग्रेसको तर्फबाट क्षेत्र नम्बर १ को प्रतिनिधीसभा सदस्यका लागि कानुनमन्त्री समेत रहेका यज्ञ बहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । उनलाई वाम गठबन्धनबाट एमालेका खगराज अधिकारीले टक्कर दिनेछन् । यसबाहेक यो क्षेत्रमा देशभक्त जनगणतान्त्रिक मोर्चाबाट टेकबहादुर गुरुङ, एकीकृत राप्रपा (राष्ट्रवादी) का सञ्जय कार्की, मंगोल नेशनल अर्गनाइजेसनका रियाज गुरुङ, नेपाली काँग्रेस विपीका चन्द्र बहादुर रानाभाट, राष्ट्रिय जनमोर्चाका मदन मुरारी घिमिरे, नयाँ शक्ति पार्टी नेपालका सौगात पोखरेल, नेपाल दलित पार्टीका राजु परियार, विवेकशील साझा पार्टीका दीपक पौडेल, आमूल परिवर्तन मसिहा पार्टीका पदमबहादुर गुरुङ र संघीय समाजबादी फोरम नेपालका मनबहादुर गुरुङले उम्मेदवारी दिएका छन् । यो क्षेत्रबाट ज्ञानेन्द्र बहादुर कार्कीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नम्बर २ को प्रतिनिधीसभा सदस्यका लागि काँग्रेसका देवराज चालिसेले उम्मेदवारी दिए भने एमालेबाट विकास समितिका सभापति रवीन्द्रप्रसाद अधिकारीले मनोनयन बुझाए । यही क्षेत्रमा देशभक्त जनगणतान्त्रिक मोर्चाका कर्णबहादुर पुन, संघीय समाजवादी फोरम नेपालका रत्न भट्टचन, नेपाल दलित पार्टीकी लक्ष्मी विश्वकर्मा, राष्ट्रिय जनमोर्चाकी दाल कुमारी खत्री, नयाँ शक्ति पार्टी नेपालका दिपक भण्डारी, नेकपा मालेका टेकनाथ भण्डारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीकी उमा दर्लामी, मंगोल अर्गनाइजेसनका ज्ञानराज गुरुङ र विवेकशील साझा पार्टीका श्रीकृष्ण श्रेष्ठले उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा पनि स्वतन्त्र उम्मेदवारको रुपमा निर्मल खत्रीले उम्मेदवारी दिएका छन् ।
३ नम्बर क्षेत्रमा काँग्रेसका शुक्रराज शर्मा र एमालेका जगत विश्कर्मा सहित संघीय समाजबादी फोरम नेपालका डिल बहादुर नेपाली, नेपाल दलित पार्टीका दुर्गाबहादुर कामी सुनार, राष्ट्रिय जनमोर्चाका हिमलाल गौतम, नयाँशक्ति पार्टी नेपालका नारायण प्रसाद भण्डारी, जनसमाजवादी पार्टी नेपालका रमेश बसेल, एमालेका जगतबहादुर सुनार, मंगोल नेशनल अर्गनाइजेसनका गोविन्द बहादुर गजमेर, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका भोजराज त्रिपाठी र विवेकशील साझा पार्टीका मिलन अधिकारी उम्मेदवार बनेका छन् । यो क्षेत्रमा दुर्गादत्त तिमिल्सीनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभा सदस्यतर्फ क्षेत्र नम्बर १ (क) मा काँग्रेसका केन्द्रिय सदस्य जीवन परियार, वाम गठबन्धनबाट माओबादी केन्द्रका दिपक कोइराला सहित राप्रपाका देउबहादुर गुरुङ, नेपाली काँग्रेस विपीका रामबहादुर केसी, मंगोल नेशनल अर्गनाइजेसनका जानु गुरुङ, राप्रपा (प्रजातान्त्रीक) का लक्ष्मीकान्त पौडेल, राष्ट्रिय जनमोर्चाका दिपककुमार थापा, विवेकशील साझा पार्टीका नवराज खनाल, संघीय समाजबादी फोरम नेपालका विरबहादुर गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीकी सीता श्रीसमगर, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका श्रीधन राई र नयाँशक्ति पार्टी नेपालका नारायणहरी तिवारीले मनोनयनपत्र बुझाए । यो क्षेत्रमा अजिमबक्स मियाँ र टिकाराम पगेनीको स्वतन्त्र उम्मेदवारी परेको छ । १ (ख) मा काँग्रेसका जिल्ला सभापति कृष्ण केसी, एमालेका जिल्ला उपाध्यक्ष मनबहादुर गुरुङ सहित मंगोल नेशनल अर्गनाइजेसनका श्रीमान थापा, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रबहादुर कार्की, संघीय समाजवादी फोरम नेपालकी काशिमाया गुरुङ, राष्ट्रिय जनमोर्चाका गिरवहादुर कुवँर, नयाँ शक्ति पार्टी नेपालका कमल थापा, नेपाल दलित पार्टीका भीमबहादुर दर्जी, राप्रपाका नारायण गुरुङ, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका प्रमेराज मश्राङगी र विवेकशील साझा पार्टीका फणीन्द्रमोहन कँडेलले उम्मेदवारी दिए ।
प्रदेशतर्फ नै क्षेत्र नम्बर २ (क) मा नेपाली काँग्रेसका गुरु बराल, एमालेका जिल्ला अध्यक्ष कृष्ण थापा, राप्रपाकी विष्णु खड्का, संघीय समाजवादी फोरम नेपालका कुलबहादुर भुजेल, राष्ट्रिय जनमोर्चाका टिकाराम अधिकारी, विवेकशील साझा पार्टीका चिरञ्जीवी बराल, राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर थापामगर, मंगोल अर्गनाइजेनसनका निर्मल आले, नयाँ शक्ति पार्टीका हेमबहादुर थापा पराजुलीले मनोनयन बुझाएका छन् । क्षेत्र नम्बर २ (ख) मा काँग्रेसका विन्दुकुमार थापा, वाम गठबन्धनबाट माओबादीका राजकाजी गुरुङ, नेपाल दलित पार्टीकी मिठू परियार, राप्रपा (प्रजातान्त्रीक) का देवेन्द्र किशोर वास्तोला, राष्ट्रिय जनमोर्चा गणेश अधिकारी, राप्रपाका विष्णुबहादुर खत्री, मंगोल अर्गनाइजेसनका टेकबहादुर राना, नयाँशक्ति पार्टी नेपालका डम्बर बहादुर केसी र संघीय समाजवादी फोरम नेपालका किसन विश्वकर्मा उम्मेदवार भएका छन् । यो क्षेत्रमा वागी उम्मेदवारी समेत परेको छ । काँग्रेसका नरेशशंकर पालिखेले विन्दुकुमार थापा विरुद्ध वागी उम्मेदवारी प्रश्तुत गरेका हुन् ।
क्षेत्र नम्बर ३ (क) मा काँग्रेसकी उम्मेदवार सांसद शारदा पौडेल, माओबादी केन्द्रका रामजी बराल, नेपाल दलित पार्टी कृष्ण बहादुर दमाई, राप्रपा केदारनाथ पौडेल, संघीय समाजवादी फोरम नेपालका चीन बहादुर नेपाली, राष्ट्रिय जनमोर्चाका तमबहादुर रोका, जनसमाजवादी पार्टी नेपालका गोरे दमै, विवेकशील साझा पार्टीका चिरञ्जीवी अधिकारी, मंगोल अर्गनाइजेसनका सुरेन्द्र विश्वकर्मा र नयाँशक्तिका देवी प्रसाद सुवेदीले उम्मेदवारी दर्ता गराए । क्षेत्र नम्बर ३ (ख) मा काँग्रेसका सिकन्दर गुरुङ (भोज), एमालेबाट युवासंघ अध्यक्ष राजीव पहारी, विवेकशील साझा पार्टीका गुरुप्रसाद वराल, नेपाल दलित पार्टीका कमला विक, राप्रपाकी धनुमाया कोइराला, मंगोल नेशनल अर्गनाइजेसनका भीमप्रसाद गुरुङ, राष्ट्रिय जनमोर्चाका विष्णु पुरी, नयाँशक्ति पार्टीका नेत्र प्रसाद चापागाईं र संघीय समाजवादी फोरमका तुलबहादुर गुरुङले उम्मेदवारी दिएका निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।