कास्कीमा माओवादी उम्मेदवार विरुद्ध एमालेको बागी

पोखरा, कार्तिक १७ ।
एमालेबाट प्रभावशाली नेता नै बागी उठेका छन् । कास्की क्षेत्र नम्बर १ को प्रदेशसभा (क) अन्तर्गत वाम गठबन्धनका माओबादी उम्मेदवार दिपक कोइराला विरुद्ध टिकाराम पगेनीले बागी उम्मेदवारी दर्ता गराएका हुन् । उनी एमालेबाट सीफारिसमा परेका थिए । जिल्ला निर्वाचन कमिटीका अध्यक्ष समेत रहेका पंगेनी क्षेत्र नम्बर १ का पुर्व अध्यक्ष हुन् ।
विद्यार्थी राजनीति देखि नै एमालेमा क्रियाशिल उनी गठबन्धनबाट अन्याय भएको भन्दै स्वतन्त्र रुपमा उम्मेदवारी दिएको बताउँछन् ।