कास्कीमा फेरि थपियो लकडाउन, जेठ १४ सम्म बाह्य गतिविधि ठप्प

पोखरा, जेठ ६ ।
कास्कीमा पुनः लकडाउन थपिएको छ । जेठ ७ देखि १४ गतेसम्म १ साताका लागि लकडाउन थपिने भएको हो । कास्की प्रशासनले कोरोनाको अवस्था झन् जटिल बनेको भन्दै निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठले एक साता लकडाउनको निर्णय गरेको छ । यहाँ बैशाख १५ देखि निरन्तर लकडाउन छ ।

लकडाउन अवधीमा अत्यावश्यक बाहेक सबै काम ठप्प हुनेछ । पसल खोल्ने सयम समेत तोकिएको छ । अहिले नयाँ भेरियण्ट कास्की सहित आसपासका जिल्लामा निकै तीब्र रुपमा फैलिएको छ ।