कास्कीमा पनि बर्डफ्लु देखियो

पोखरा, चैत ४ ।
कास्कीमा पनि बर्डफ्लुको संक्रमण देखिएको छ । मादी गाउँपालिका ३ की सन्तुदेवी परियारले पालेका कुखुरामा बर्डफ्लु देखिएको हो । खोरमा रहेका कुखुरा मर्न थालेपछि परीक्षणका लागि उनले पोखरा ल्याएकी थिइन् ।

पोखराबाट काठमाडौं परीक्षणका लागि पठाउँदा बर्डफ्लु देखिएको भेटेरीनरी अस्पताल पशु सेवा केन्द्रका पशु विकास अधिकृत सहदेव पौडेलले जानकारी दिए ।

बर्डफ्लू प्रमाणीत भएपछि कार्यालयले त्यस क्षेत्रका कुखुरा मार्न थालेको छ । कुखुराको संख्याबारे एकिन नभएको उनलेब ताए ।

परियारले पालेका लोकल र गिरिराज कुखुरामा बर्डफ्लु देखिएको थियो । बर्डफ्लु लागेको क्षेत्रमा चार किल्ला लगाएर बर्डफ्लु संक्रमित कुखुरा नष्ट गरिएको छ भने सो क्षेत्रमा कुखुरा र दानाहरू आयात र निर्यात गर्न समेत रोक लगाइएको छ ।