कास्कीमा निषेधाज्ञा खुकुलो (के खुल्छ, के खुल्दैन ?)

पोखरा, भदौ १२ ।
भदौ ३ देखि जारी निषेधाज्ञा कास्कीमा केहि खुकुलो बनाईने भएको छ । जिल्ला विपद ब्यवस्थापन समितिको सुझावका आधारमा जिल्ला प्रशासन कार्यालयले लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।

यद्यपी केहि खुकुलो गरेर निषेधाज्ञा २० गतेसम्म बढाउने निर्णय छ । कास्कीमा शुक्रबार रातीदेखि पूर्ण लकडाउन सकिनेछ । यो अवधीमा सार्वजनिक गाडीहरु पूर्णरुपमा रोक लगाईने छ भने निजि गाडीहरु जोरविजोर प्रणालीबाट सञ्चालन हुनेछ ।

ट्याक्सीलाई पनि खुला गरिएको छ । जीमहल, होटल, रेष्टुरेण्ट लगायत भिडभाड हुने क्षेत्र पूर्णतः बन्द गरिएको छ ।