कास्कीमा नयाँ पदमार्ग पहिचान

पोखरा, जेठ ४ ।

कास्कीको अन्नपुर्ण गाँउपालीकाका वडानम्बर ८, १० र ११ अन्र्तगत ओझेलमा परेका पर्यटकीयस्थलहरुलाई समेटेर विरेठाँटी, मोहोरिया, थामडाँडा, टारापानी पर्यटक पदमार्ग पहिचान भएको छ । अन्नपुर्ण गाँउपालीकाको सहयोगमा वडानम्बर ८ को एक टोलीले पदमार्गको अनुगमन समेत गरेको छ । स्थानियवासीको माग अनुसार पदमार्ग सर्वे भई गाँउपालीकाबाट बजेट विनियोजन गरि पदमार्गको बाटो निर्माण गरिएको छ । पदमार्गलाई व्यवस्थित गर्न सके आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्य बन्न सक्ने गाँउपालीका वडानम्बर ८ का अध्यक्ष विजय गुरुङको विश्वास छ । हिमलयनको लोभलाग्दा दृश्य संगै धार्मिक, साँस्कृतिक, ऐतिहासिक र प्राकृतिक सौन्दर्यतायुक्त स्थलहरुको अवलोकन गर्नु नै पदमार्गको विशेषता रहेको उनको भनाई छ । पदमार्गमा पुर्वाधार विकासका लागि अगामी दिनमा गाँउपालीका संगको समन्वयमा बजेट विनियोजन गरिने बताए ।

पदयात्रा गर्नेहरुका लागि पदमार्ग उपयुक्त रहेको पदयात्रीहरुको भनाई छ । पदयात्रा जाने पदयात्रीहरुका लागि पुर्वाधार निर्माण भने गर्न सकिएको छैन । प्राकृतिक सौन्दर्यता र ऐतिहासिक स्थलहरुले गर्दा यात्रालाई सहज बनाइदिने पदयात्री राम गुरुङले बताए । बाटोमा भेटिने ऐतिहासिक स्थलहरुले पदयात्राको अकर्षक बढाएको उनको भनाई छ ।

पोखरा देखि करिव ५२ किलोमिटरको सवारी साधान यात्रा पछि यो पदमार्गको यात्रा शुरु हुन्छ । पदमार्ग कास्कीको अन्नपुर्ण आधार शिविर, घोरेपानी लगायत पदमार्ग संग पनि जोडिने भएकाले यसको महत्व छ । विरेठाँटी देखि टारापानी, घान्द्रुक हुदै पुनः विरेठाँटी मै पुग्ने गरि पदमार्गको अवधारणा कार्यान्वयनका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गरीएको पदमार्ग व्यवस्थापन समिति संयोजक मानसिँह विश्वकर्माले बताए ।

गुरुङ जातियको बहुल्यता रहेको यस पदमार्गका गाँउहरुमा दलित ब्राह्मण, क्षेत्रि, मगर, दलित समुदायको बसोबास छ । दुई रात तिन दिनमा पुरा गर्न सकिने यो पदमार्गमा आवश्यक पुर्वाधार निर्माण संगै सुधार गर्न सकिए वैकल्पिक पदमार्ग बन्नेमा स्थानिय आशावादी छन् । कास्कीको विरेठाँटी छाहरा कुना, होमस्टे, थामडाँडा, करिव २९ सय मिटर उचाईमा भ्रेज मेश्राम बराह मन्दिर, ऐतिहासिकस्थल मु्रस्योथान, पर्यटकिय गन्तव्य टारापानी, भैसी खर्क, घान्दु्रक, यस पदमार्ग भित्र पर्दछन । यस पदमार्गमा जाने पदयात्रीले मनोरम हिमालय श्रङखला संगै अर्गानिक परिकार संगै क्यानोनिङ्ग, कयाकिङ्ग लगायत साहासिक खेलको मज्जा समेत लिन पाउछन । प्राकृतिक सौन्दर्यता, ऐतिहासिकस्थल, हिमशृङ्खला, कला, संस्कृति, हिमाली जनजीवन र भूगोलमा रमाउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाई यो पदमार्ग बन्न सक्छ ।