कास्कीबाट चोरीका ५ मोटरसाईकल सहित ४६ पक्राउ

पोखरा, चैत २५ ।
चोरीका मोटरसाईकल र काठ सहित कास्की प्रहरीले ४६ जनालाई पक्राउ गरेको छ । पोखराका विभिन्न ठाउँमा चेकजाँच गर्दा ५ वटा मोटरसाईकल पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धान भई रहेको जनाएको छ ।

कास्की जिल्लाको सुरक्षा स्थितीलाई आँकलन गरी तयार पारिएको १५ बुँदे कार्ययोजना अन्तर्गत अपराध नियन्त्रण तथा रोकथाम प्रमुख प्राथमिकता राखिएको कास्की प्रहरी प्रमुख अशोक सिंहले बताए । स्वीप अप्रेशनलाई तिब्र पारिएको उनको भनाई छ ।

यसैबीच, शनिबार खटिएको प्रहरी टोलीले पोखरा १७ ड्यामसाइडमा भोजेन्द्र तामाङले संचालन गरेको फ्लोरिडा गेष्ट हाउसमा जुवातास खेलिरहेको अबस्थामा ४ बुक तास र नगद सहित ८ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ५२ हजार सहित नियन्त्रणमा लिई हो ।