कास्कीको माछापुच्छ्रेमा जन्मिने वित्तिकै शिशुलाई तोरीबारीमा पुरेपछि….

पोखरा, पुस ५ ।
कास्कीमा १ शिशु मृत भेटिएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ स्थित अस्तममा कर्णबहादुर परियारको बारीमा छोपी राखेको शिशु साल सहित भेटिएको हो ।

शिशु माटोले पुरेको अवस्थामा भेटिएको थियो । जन्मनासाथ शिशुलाई फालिएको आशंका गरिएको छ । शिशुको पोष्ट मार्टम गर्न पश्चिम क्षेत्रीय अस्पतालमा लगिएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।