कास्कीको माछापुच्छ्रेमा करेण्ट लागेर बालकको मृत्यु

पोखरा, असोज १२ ।
कास्कीको माछापुच्छ्रे गाउपालिका वडा नं १ टुसेमा एक वालकको चंगा उडाउने क्रममा ज्यान गएको छ । टुसेका वर्ष १२ को राकेश पुन शुक्रवार साँझ साढे ५ बजेतिर चंगा उडाउने क्रममा बिजुली को नाङ्गो तार मा चंगा अड्किएपछि झिक्न जाने क्रममा करेन्ट लागि घटनास्थलमा नै मृत्यु भएको वडा नम्बर १ का अध्यक्ष विरेन्द्र गुरुङले जानकारी दिए ।

वालकको शरिर डढेको अवस्थामा विद्युत पोलमा अड्किएको अवस्थामा रहेको उनको भनाई छ । अहिले घटनास्थलमा वडा प्रहरी कार्यालय भलाबोट को प्रहरी टोलि र स्थानीय पुगेका छन् । बिजुली को पोल अग्लो भएको कारण झिक्न कठिनाई भएकोले प्राबिधिक सामग्री सहित थप प्रहरी टोलि पोखरा बाट घटनास्थल मा जादै गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।