कास्कीको घाचोकमा पहिरोले पाईप बगाउँदा खानेपानीको हाहाकार

पोखरा, भदौ १६ ।
माछापुच्छ«े गाउँपालिका वडा नं ३ घाचोकमा गएरातीको पहिरोले खानेपानीको पाईप बगाएपछि गाउँभरी खानेपानीको हाहाकार भएको छ । घाचोकको भलावोट र खरीवोटका झन्डै १ सय घरधुरीको लागि पिउने पानी ल्याईएको ४ सय मिटर पाईप चमेरा गुफा नजिक पहिरोले वगाएको हो ।

ऐतिहासिक चमेरा गुफा समेत पहिरोले पुरेको छ । शुक्रवार राती झरेको पहिरोले पुरै गाउँमा खानेपानीको समस्या भएको स्थानीय प्रकाशमोहन पोखरेलले जानकारी दिए । ‘पहिरोमा परेर ४ मिटर जति पाईप पुरै नष्ट भएको छ । हिजो वेलुका देखीनै धारामा पानी आउन वन्द भयो । गाउँमा खानेपानीको हाहाकार छ ।’ उनका अनुसार तत्काल पाईप ब्यवस्था गरेर खानेपानी उपलब्ध गराउनुपर्नेछ ।