कास्कीकोटमा पहारीको घरदैलो

पोखरा, कार्तिक २३ ।
पोखरा लेखनाथ वडा नम्वर २४ कास्कीकोटमा बाम गठबन्धनको निर्वाचन प्रचार कार्यालय स्थापना गरिएको छ । कार्यालयको क्षेत्र नम्वर ३ (ख)का उम्मेदवार राजीव पहारीले उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन गदै उनले देशमा राजनीतिक स्थायित्व र विकासका लागी गठबन्धनबाट आफुलाई जिताउन मतदातालाई आग्रह गरे ।
उनले कास्कीकोट पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएको बताउदै पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने गरि अगाडी बढ्ने बताए । उनले प्रदेश (ख) को समग्र विकासका लागी सराकोट, कास्कीकोट, पुम्दीभुम्दी हुदै छोरेपाटन जोडने गरि चक्रपथ निर्माण गर्ने बताए ।
पहारीले प्राकृतिक, सांस्कृतिक, धार्मिक र पर्यटका हिसावले महत्वपूर्ण प्रदेश रहेकाले यहाँ स्रोत र साधनको प्रयोग गदै रोजगारीको सृजना गरि युवाहरुलाई विदेश जानुपर्ने बाध्यताबाट मुक्त गर्ने बताए । ‘प्रदेश नम्वर चारलाई समृद्ध बनाउन वाम गठबन्धनको विकल्प छैन, उनले भने–यो गठबन्धन राजनीतिक स्थायित्व र समृद्धिका लागि हो ।’
कार्यक्रममा समानुपातिक उम्मेदवार मित्रकुमारी गुरुंग, माओबादी नेतृ गोमा ढकाल लगायतले बाम गठबन्धनलाई जिताउन आग्रह गरे । कार्यक्रमको वडा कमिटी अध्यक्ष मनहरी त्रिपाठी अध्यक्षतामा भएको कार्यक्रमको संचालन अगीन्धर त्रिपाठीले गरेका थिए । उम्मेदवार पहारीले कार्यालय उद्घाटनपछि घरदैलो समेत गरेका थिए । उनी जनताको घरदैलोमा पुगेर मत माग्दै आफुलाई जिताउन आग्रह समेत गरेका थिए ।