कार्यशैली र मानकिसता परिवर्तन गर्न कर्मचारीलाई मुख्यमन्त्री गुरुङको निर्देशन

पोखरा भदौ १८ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीलाई कार्यशैली र मानसिकता परिवर्तन गर्न निर्देशन दिएका छन् । गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका कार्यलय प्रमुखहरुलाई पोखरा बोलाएर मुख्यमन्त्री गुरुङले विगतको कार्यशैली र मानसिकताले अब विकास संभव नभएको भन्दै यसमा परिवर्तन गर्न निर्देशन दिएका हुन् ।

देशमा ठुला‐ठुला परिवर्तन भए पनि कर्मचारीतन्त्र र सुरक्षा निकाय पञ्चायतकालिन ढाचामा चलिरहेको भन्दै यसलाई परिवर्तन गर्न आवश्यक रहेको बताए । मुख्यमन्त्री गुरुङले समान्तबादी सोचाई अझै कर्मचारीतन्त्रमा रहेको भन्दै यो मानसिकता परिवर्तन गर्न आवश्यक रहेको जिकिर गरे । ‘अझै पनि हाकिमहरुलाई मालिक मान्नुपर्ने अवास्था कर्मचारीतन्त्रमा छ’ उनले भने ‘चेन अफ कमाण्ड अब काममा खोज्नुपर्छ अरु कुरामा होइन ।’ कर्मचारीतन्त्र अझै नतिजा भन्दा प्रक्रियामुखी भैरहेको भन्दै यसले गर्दा जनताले सास्ती पाउने क्रम नरोकिएको उनको भनाई छ । ‘हामी नतिजा हेर्दैनौ विधि र प्रक्रिया मात्र हेर्छौं’ उनले थपे ‘जनतालाई सुख दिनका लागि एउटा सरकारको ठाउमा ७ सय ६१ वटा सरकार बनायौ तर कर्मचारीको काम गर्ने शैली उस्तै छ ।’ स्टाफ कलेजसंगको सहकार्यमा कर्मचारीको संरचना हेरफेर गर्ने विषयमा पनि प्रदेशले छलफल चलाइरहेको उनले दोहो¥याए ।

भ्रष्टाचारमा ममिलामा प्रदेश सरकार कठोर ढंगले प्रस्तुत हुने संकेत पनि मुख्यमन्त्री गुरुङले उल्लेख गरे । गण्डकी प्रदेशका कर्मचारी विभिन्न काण्डमा अख्तियारको फन्दामा पर्दा आफुलाई आश्यर्च लागेको भन्दै यस्तो सह्य नहुने पनि उनले बताए । ‘मलाई लाग्थ्यो मेरो प्रदेशका कर्मचारीमा भ्रष्टाचार काण्डमा मुछिएका छैनन’ मुख्यमन्त्रीले भने ‘तर पछिल्लो समयमा खानेपानीको हाकिम, स्वास्थ्य कार्यलाय कर्मचारी अख्तियारले रंगेहात समातिए भन्ने खबर सुन्नुप¥यो, टाउकोमा हिंउको डल्लो बज्रिएजस्तै भयो, यस्तालाई अब अख्यितार भन्दा पहिले प्रदेशले कारवाही गर्छ ।’ मुख्यमन्त्री गुरुङले जनशक्ति र स्रोत साधनको कमी हुन नदिने समेत बताए । अन्य प्रदेशको भन्दा कुनै सेवा सुविधा कमी हुन नदिने भन्दै मुख्यमन्त्री गुरुङले जनतालाई सेवा दिने कुरामा कर्मचारीले कञ्जुस्याई गर्न नहुने बताए । उनले कर्मचारीको क्षमता बृद्धिका लागि आधुनिक प्रविधियुक्त तालिमको व्यवास्था गरिने बताए ।

यसपटक प्रदेशले ९५ प्रतिशत बजेट कार्यन्वयनको लक्ष्य राखेको स्मरण गराउदै मुख्यमन्त्री गुरुङले त्यसका लागि सबै मन्त्रालयले जेठ मसान्तसम्मको कार्ययोजना बनाएको बताए । सोही कार्ययोजनाको अधारमा कर्मचारीलाई काममा लाग्न उनले निर्देशन समेत दिए ।

 

कार्यक्रममा आर्थिक ममिला तथा योजना मन्त्री किरण गुरुङले चालु आर्थिक बर्षमा जेठ मसान्तसम्म मात्र विकास निर्माण गरिने भएकोले सोही अनुसार काममा लाग्न निर्देशन दिए । उनले असारे बजेटको वेथिति हटाउन आफुहरु लागिपरेको भन्दै यसमा सोही अनुसार विकास निर्माणको काम गराउन समेत निर्देशन दिए ।