कारागारमा झडप हुँदा २९ जनाको मृत्यु !

एजेन्सी, जेठ १२ ।
भेनेजुयलाको अक्कारिगुवा शहरमा रहेको कारागारमा झडप हुंदा कम्तिमा २९ जनाको मृत्यु भएको छ । घटनामा परि कम्तिमा १९ जना प्रहरी घाईते भएका छन् । बन्दीहरुसंग हतियार रहेको र उनीहरुले ग्रिनेट विष्फोट गराएको प्रहरीले जनाएको ।

उनीहरुले आगन्तुकहरुलाई समेत बन्दी बनाएका थिए । ठूलो संख्यामा रहेका बन्दीहरु भाग्ने प्रयास गरेपछि प्रहरीको विशेष बलले उनीहरुलाई रोक्ने प्रयास गरेको थियो । नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाएको छ ।

२ सय ५० जना अट्ने क्षमता रहेको कारागारमा ५ सय ४० बन्दी रहेका थिए । भेनेजुयलाका कारागारहरुका पछिल्ला केही वर्ष यता हिंसाका घटना बढेका छन् । गत वर्ष मार्चमा एउटा कारागारमा झडप हुंदा ६८ जना बन्दीको मृत्यु भएको थियो ।