काभ्रेबाट एक राउण्ड गोलीसहित पेस्तोल बरामद

 

काठमाडौं, मंसिर १४ ।

काभ्रेबाट प्रहरीले एक थान गोलीसहित पेस्तोल बरामद गरेको छ ।

काभ्रेको रोशी गाउँपालिका–११ कालढुङगास्थित माँ चण्डेश्वरी एग्रिगेट स्टोन प्रालिबाट म्याग्जिन सहितको पेस्तोल र केएफ ७.६५ लेखिएको १ राउण्ड गोली शुक्रबार राति बरामद भएको प्रहरीले जनाएको छ ।

उक्त प्रालिको कार्यालय तथा कामदारहरु बस्न बनाइएको घर टहराभित्र पेस्तोल लुकाई राखेको भन्ने सूचनाको आधारमा खानतलासी गर्दा भुइँमा विछ्याइएको डनलपभित्र लुकाइ राखेको अवस्थामा उक्त हतियार बरामद गरेको प्रहरीले जनाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रे र ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले उक्त प्रालिबाट हतियार बरामद गरेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
(अनलाइनखबरबाट साभार)