कानून अभावमा अनुगमन प्रभावकारी बन्न सकेन – प्रमुख क्षेत्री

 

पोखरा, साउन २१ ।

जिल्ला समन्वय प्रमूख वैन वहादुर क्षेत्रीले कानून अभावका कारण विकास निर्माणसँग जोडिएको अनुगमनका कामलाई प्रभावकारी बनाउन नसकेको बताएका छन् ।

संविधानमा अनुगमनको काम प्रदेश कानून अनुसार हुनेछ भनेर उल्लेख गरिएपनि प्रदेश सरकारले हालसम्म कानून नबनाउदा अनुगमन कस्ले र कसरी गर्ने भन्ने विषय प्रभावकारी हुन नसकेको हो ।

जिल्ला समन्वय समिति कास्कीका पदाधीकारीहरुले आफ्नो कार्यभार सम्हालेको तेस्रो वर्ष प्रवेसका अवसरमा शुभकामना आदानप्रदान गर्दै उनले अनुगमनका कार्यवाट स्वयं आँफै सन्तुष्ट हुन नसकेको बताएका छन् । संविधानको मर्म र विद्यमान कानूनलाई टेकेर खोजेर काम गर्नुपरेको उनले बताए ।

यस अवधीमा जिल्ला समन्वय समितिले एक सय ५ वटा विभिन्न योजनाको अनुगमन गरेको छ । जिल्ला भित्र रहेका अन्य संघ संस्थामा पनि समन्वयको उपस्थिति रहन सक्ने भएकाले विभिन्न १५ वटा समितिमा समन्वयले आफ्नो उपस्थिति जनाएको छ ।

यसैगरी जिल्ला समन्वयले शिक्षा, शडक, पूल जस्ता विषयमा भएका विवादमा २७ वटा वैठक ,योजना संवन्धी विषयमा संघीय सांसद, प्रदेस सांसद र र स्थानीय स्थानीय जनप्रतिनिधिसँग ३० वटा वैठक, सरकार संचालन सम्बन्धी खरिद ऐन, न्याय लगाएतका विषयमा २८ वटा बैठक बसेको र गैर सरकारी सस्थाहरुले गरेका कामको समीक्षा गरेर प्रतीवेदन तयार पार्न लागिएको समन्वय प्रमुख क्षेत्रीले जानकारी दिए ।

यसैगरी पुर्व जिल्ला विकास समितिको मौजुदा कोषमा रहेको ३० करोड रुपैयाँलाई उक्त कोष परिचालन निर्देशिका बमोजिम कास्कीका स्थानिय तहमा प्रशासनिक भवन, पुर्व जिविसले सुरु गरेका तर अधुरा रहेका शिक्षा, स्वास्थ्यका योजनामा खर्च गरिएको छ ।

पदस्थापनको तेस्रो वर्ष प्रवेशकै अवसरमा समन्वयले आफ्नो कार्यालय परिसरमा वृक्षरोपण गर्नुका साथै त्यँहा भएका बिरुवाको गोडमेल तथा मलजल गरेको छ भने पोखरा १७ मा रहेको मानव आश्रम सेवा समितिलाई रु २२ हजार बराबरको खाध्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।
उक्त आश्रममा शडक बालबालिका देखी सहारा बिहिन मानिस बस्दै आएका छन् ।