कात्तिक ७ मा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

 

काठमाडौं, कात्तिक १ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक ७ गते बिहीबार बस्ने भएको छ ।

मुलुकको पछिल्लो राजनीति घटनाक्रम र मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक आह्वान गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठक दिउँसो २ बजे बीपी स्मृति भवन ललितपुरमा बस्नेछ ।

बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई अनुरोधसमेत गरिएको छ । (रासस)