कात्तिक १ र २ गते कांग्रेसले प्रशिक्षण कार्यक्रम गर्दै

 

काठमाडौं, असोज ३० ।

नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी कात्तिक १ र २ गते प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ ।

पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका कांग्रेसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको कांग्रेसद्वारा बिहीबार जारी विज्ञप्तीमा उल्लेख छ ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालीम केन्द्रमा हुने प्रशिक्षणको उद्घाटन कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने कांग्रेस पार्टी कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिए ।

देशभरबाट ४ सय भन्दाबढीको सहभागिता हुने प्रशिक्षणमा सभापति देउवासहितका कांग्रेसका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिए ।(अनलाइनखबरबाट साभार)