काठमाण्डौंमा २८ वर्षीया युवती बलात्कृत !

काठमाण्डौं, असोज ८ ।
काठमाण्डौंमै एक युवति बलात्कृत भएकी छिन् । काठमाडौंको सिमलटारस्थित आरुबारीमा २८ वर्षीय युवती बलात्कृत भएकी हुन् । मानसिक रोगी ती युवती स्थानीय एक ग्रिल पसलमा बलात्कृत भएकी बताईएको छ ।

उनलाई बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, बौद्धले सोलुखुम्बुका दावा तामाङलाई पक्राउ गरेको छ । युवती चर्चबाट फर्किँदै गरेको वेला फकाएर तामाङले बलात्कार गरेको पीडित परिवारको आरोप छ । तामाङको बुबाले सञ्चालन गरेको ग्रिल पसलमा लगेर उनले बलात्कार गरेको जनाइएको छ ।

प्रहरी स्रोतका अनुसार तामाङले बयानमा आफ्नो कसुर स्वीकारेका छन् । उनले आफूले मादक पदार्थ सेवन गरेको तालमा घटना भएको बयान दिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।