काठमाडौं विश्वविद्यालयले भन्यो, ‘प्राध्यापक र कर्मचारीको माग छिट्टै पूरा गर्छौ’

 

काभ्रे, पुस १६ ।

काठमाडौं विश्वविद्यालयले प्राध्यापक संघ र कर्मचारी संघको माग पूरा गर्ने प्रतिवद्धता जनाएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. सुवोध शर्माले आज विज्ञप्ती जारी गर्दै कर्मचारी र प्राध्यापकसँग गरेका सम्झौता कार्यान्वयनमा विश्वविद्यालय प्रतिबद्ध भएको र एक महिनाभित्र विशेष सभा बोलाई बृहत छलफलबाट निकाश दिने उल्लेख गरेका छन् ।

उता कर्मचारी र प्राध्यापक संघले विश्वविद्यालयले आफूहरुसँग गरेका सम्झौता पालनामा बेइमानी गरेको भन्दै विश्वविद्यालयका सबै केन्द्रीय प्रशासनमा हिजादेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् । (ईमेजखबरबाट साभार)