काठमाडौं महानगरकी उपमेयर खड्गीलाई हृदयघातको आशंका, अस्पताल भर्ना

काठमाण्डौं, असार २० ।
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई अस्पताल भर्ना गरिएको छ । बिहीबार साँझ छातीमा एक्कासि पीडा भएपछि उनलाई नर्भिक अस्पताल लगिएको हो ।

उनको उपचारमा मुटुरोग विशेषज्ञ जेपी जैसवाल खटिएका छन् । भर्खरै एनजियोग्राफी गरिएको उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

उनलाई भोलि डिस्चार्ज गरिने अस्पतालले जनाएको छ । खड्गीलाई हृदयघात भएको आशंका गरिएको छ । आवश्यक परीक्षण गरेपछि मात्रै हृदयघातबारे स्पष्ट हुने चिकित्सकहरुले बताएका छन् ।