काठमाडौं जादै गर्दा जाममा परेर एम्बुलेन्समै बिरामीको मृत्यु
पोखरा, असोज १८ ।
पृथ्वी राजमार्गमा जाममा परेर एम्बुलेन्सभित्रै एक जना बिरामीको ज्यान गएको छ । मंगलबार रातिदेखिको जाममा फसेको एम्बुलेन्समा चितवनको भरतपुर अस्पतालबाट उपचारका लागि काठमाडौं लगिएकी चितवनकी एक महिलाको मृत्यु भएको हो ।
एम्बुलेन्स भित्रै सौराहाकी ५५ वर्षीया रजनी चौधरीको मृत्यु भएको हो । नौबिसे–नागढुंगा सडकखण्ड मर्मत र निर्माणका क्रममा भएको जाममा एम्बुलेन्स परे पछि उनेको मृत्यु भयो । समयमै बिरामीलाई अस्पताल पु¥याउन नसक्दा चौधरीको ज्यान गएको मृतकका आफन्तले बताएका छन् ।
चौधरी बोकेको एम्बुलेन्स टायलघरमा चार घण्टा जाममा परेका थियो । मृतक चौधरीका आफन्तले सडकमा अत्यावश्यक एम्बुलेन्स लगायतलाई पनि बाटो खुलाउन नसक्ने प्रशासनको घोर आलोचना गरेका छन् । तर बाटोका कारण बिरामी र एम्बुलेन्सलाई नरोकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अहिले तीन घण्टामा पार हुने बाटोे १२ घण्टा बन्दा बढि जाम हुँदा अन्य यात्रु पनि मारमा परेका छन् ।