काठमाडौंसहित देशभर आज पनि पानी पर्ने सम्भावना

काठमाडौं, वैशाख १६ ।

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । अस्ति बेलुकीदेखि सक्रिय भएको न्यूनचापीय क्षेत्रको प्रभावले देशका धेरै ठाउँमा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रणाली भोलिसम्म नै सक्रिय हुने देखिएको छ । यसकै प्रभावले आज रातिदेखि नै विभिन्न ठाउँमा पानी परेको थियो । मनसुनी न्यूनचापीय क्षेत्र सक्रिय भए पनि झरी पर्ने सम्भावना भने छैन । आज मौसम एकछिन खुले पनि फेरि बदली हुँदै केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने मौसमविद्को अनुमान छ ।