काउन्सिलको अध्यक्षबाट श्रेष्ठलाई नहटाउन अन्तरिम आदेश, भण्डारीलाई राेकियाे

काठमाण्डौं, भदौ ३ ।
प्रेस काउन्सिलको कार्यवहाक अध्यक्षबाट किशोर श्रेष्ठलाई नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । नयाँ कार्यवहाक अध्यक्षमा पोखराकी दुर्गा भण्डारीलाई नियुक्त गरेकै भोलिपल्ट अदालतले पूरानै कावा अध्यक्षलाई काम गर्न दिने गरी आदेश गरेको हो ।

सरकारले साउन ३२ गते भण्डारीलाई काउन्सिल सदस्यमा नियुक्त गरेको हो । भण्डारीले कार्यभार समेत सम्हालिसकेकी छिन् । आइतबार सरकारको निर्णय विरुद्ध प्रेस काउन्सिल बोर्डले सार्वोच्चमा रिट हालेको थियो । यो आदेशले भण्डारी तत्कालको लागि कार्यवहाक अध्यक्ष नबन्ने भएकी छिन् ।