कांग्रेसको घोषणापत्र गगन थापाले लेख्ने

पोखरा, चैत १० ।
नेपाली कांग्रेसको घोषणापत्र महामन्त्री गगनकुमार थापाले लेख्ने भएका छन् । सभापति शेरबहादुर देउवाले थापालाई स्थानीय तह निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गरेका हुन् ।

शुक्रबार केन्द्रीय कार्यसमिति बैठक डाकिएको छ । देउवाले अघिल्लो दिन नै थापालाई घोषणापत्र तयारीका लागि संयोजकमा नियुक्त गरेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।