कांग्रेसको कलह मिलाउन तीन नेताले गरे छलफल

 

काठमाडौं, माघ ६ ।

नेपाली कांग्रेसको आन्तरिक कलह समाधानका लागि तीन नेताबीच आज छलफल भएको छ ।

सोमबार बिहान पार्टी कार्यालय सानेपामा कांग्रेस उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय कृष्ण सिटौला र प्रकाशमान सिंहबीच पार्टीको आन्तरिक विवाद मिलाउन छलफल भएको हो ।

पार्टी विवाद समाधानबारे सकारात्मक छलफल भए पनि निष्कर्षमा पुग्न बाँकी रहेको नेताहरुलाई उधृत गर्दै सिंहका स्वकीय सचिवालयका यूपी लामिछानेले जनाएका छन् ।

छलफल सकारात्मक रहेको र छिटै सहमति हुने नेताहरुले बताएका छन् ।
(ईमेजखबरबाट साभार)