काँग्रेससँग तालेमल गर्छौं–चित्रबहादुर

काठमाडौं, असोज १८ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आगामी चुनावमा काँग्रेससाग पनि तालमेल हुन सक्ने बताएका छन् । उनले वाम गठवन्धनसँग मात्र नभई काँग्रेससँग पनि तालमेल गर्ने बताएका हुन् । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको वाम गठवन्धनसँग राष्ट्रिय जनमोर्चासँग एकता हुन नसक्ने उनको दाबी छ ।
राजधानीमा आयोजित कार्यक्रममा केसीले तीन दलबीच भएको सहमतिलाई आफूले नौलो विषयको रुपमा नलिएको बताए । एमाले, माओवादी र नयाँ शक्तिको एउटै पहिरन, एउटै भान्छा भएको भन्दै उनले भने, ‘माओवादीले जसरी एमाले नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्यायो, त्यो अचम्म थियो, यो त सामान्य नै हो ।’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले आगामी चुनावमा वाम गठबन्धनसँगै मात्रै नभई काँग्रेससँग पनि तालमेल हुने बताए । उनले भने, ‘स्थानीय चुनावमा हामीले धेरै ठाउँमा काँग्रेससँग तालमेल गरेका थियौं, फेरि पनि गर्छौं ।’