काँग्रेसबाट कास्कीमा डेढसय आकांक्षी, सबैको नाम केन्द्रमा सिफारिस

प्रकाश ढकाल
पोखरा, असोज १९ ।
काँग्रेसले तीनवटै क्षेत्रबाट संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरि पठाएको छ । प्रतिनिधी सभाका लागि ३ र प्रदेशसभाका लागि ६ सांसद निर्वाचित हुने कास्कीमा काँग्रेसबाट मात्रै झण्डै सयको हाराहारीमा नाम सिफारिस भएको छ । प्रत्यक्षतर्फ केन्द्रका लागि २१ र प्रदेशका लागि ६२ गरी ८३ जनाको नाम पठाईएको हो । समानुपातिकमा केन्द्रतर्फ १९ जना र प्रदेशमा ५५ गरी ७४ जनाको नाम सिफारिस गरिएको काँग्रेस कास्कीले जनाएको छ । उम्मेदवारीका लागि दर्ता गरिएका सबै नाम बोकेर काँग्रेस कास्कीका सभापति कृष्ण केसी मंगलबार नै काठमाण्डौं गएका थिए ।
क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ कानुनमन्त्री तथा सांसद यज्ञबहादुर थापा, पुर्व कानुनमन्त्री तथा सभामुख तारानाथ रानाभाट, सांसद जीवन परियार, क्या. फत्तबहादुर गुरुङ, गुरु बराल, तीलक रानाभाट र कृष्ण कार्कीको नाम सिफारिस भएको छ । यस्तै समानुपातिक तर्फ सरस्वती गुरुङ, गौरी सापकोटा, पद्मशरण रेग्मी, तारा अधिकारी, हेमबहादुर गुरुङ, संघीय पोखरेल पौडेल, परशुराम बि पोखरेलको नाम छ । २ नम्बर क्षेत्रको प्रतिनिधी सभा प्रत्यक्षतर्फ देवराज चालिसे, सोभियतबहादुर अधिकारी, ऋषिराम काफ्ले, युवराज लामिछाने, डा. परमेश्वर पोखरेल, गुरु बरालको नाम परेको छ । समातुपातिकतर्फ वृन्दादेवी आले, गंगाबहादुर खत्री, शकुन्तला कोइराला, रजनी केसी, प्राडा रामचन्द्र पोख्रेल, खेमकुमारी बराल, पदमसिंह गुरुङको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ शुक्रराज शर्मा, महादेव गुरुङ, सांसद शारदा पौडेल, खेमराज पौडेल, बाबुराम आचार्य, पोषनाथ शर्मा, दीपक गुरुङ र भरतजंग गुरुङको नाम केन्द्रमा पठाईएको छ । समानुपातिकतर्फ भोला थापा, सुरेन्द्र भारी, कृष्णकुमारी परियार, रामप्रसाद अधिकारी, मनबहादुर विक र गौमति थापामगरले उम्मेदवार बन्न दावी गरेका छन् ।
प्रदेश सांसदतर्फ क्षेत्र नम्बर १ को (क) मा सुदीपमोहन भट्टराई, प्रमेकुमार श्रेष्ठ, पुष्पमणी भण्डारी, लालकृष्ण शर्मा, ठाकुरप्रसाद कँडेल, कोपीला रानाभाट, नन्दप्रसाद तिवारी, देवेन्द्र रानाभाट, रामबाबु भण्डारी, राजेन्द्रमणी लामिछाने, विन्दुकुमारी भण्डारी, कमलनाथ कुवँर, सुरेन्द्रराज अधिकारी, टेकनाथ घिमिरे, गिरीराज गौतम, दुर्गाराज रेग्मी, रामबहादुर केसी, कुमार सुनार, बुद्धीमान गुरुङ, नगेनसिंह ठकुरी, भरतराज तिवारी, नारायणकुमार श्रेष्ठ र मुरारी कोइरालालाई प्रत्यक्षका लागि सिफारिस गरिएको छ । समानुपातिकमा सुरजजंग राणा, करिम मियाँ, डिल्लीराम तिवारी, अप्सरा श्रेष्ठ, चन्द्रावती पौडेल, खलिल मियाँ, शर्मिला काफ्ले, अजिमबक्स मियाँ र खेम गुरुङको नाम छ । १ नम्बर कै (ख) मा किशोरदत्त बराल, पार्टी सभापति कृष्ण केसी, नवीन सिग्देल, माया बराल र दीपेन्द्रराज ढकालको नाम प्रत्यक्षतर्फ छ भने समानुपातिकमा अनिता तिमिल्सीना, आनन्दी राना, मायादेवी तझ्या, कृष्ण प्रसाद कोइराला, विश्व घिमिरे, चिनु रानाभाट, सराफत अलिमियाँ, रसकुमारी गुरुङ, नवीन सापकोटा र बृजमान गुरुङ छन् ।
२ नम्बर क्षेत्रको (क) मा विजयराज आचार्य, रंगिला आचार्य, नम्रता बराल, केशरप्रसाद निर्दोषी, मीनबहादुर गिरी र आशिष गुरुङ प्रत्यक्षमा दावेदारी दिएका छन् भने समानुपातिकमा तोयाबहादुर भट्टराई, मुक्तिबहादुर केसी, शोभाचन्द्र बराल, प्रेमलाल पुन, प्रेमबहादुर परियार र मीन बहादुर सार्कीको नाम छ । (ख) मा माधवप्रसाद बास्तोला, मुकुन्दप्रसाद बास्तोला, विन्दुकुमार थापा, सुनयना पालिखे, वीरेन्द्रनारायण विजुक्छे, निर्मल कर्माचार्य, नरेशशंकर पालिखे, भीम गौतम, राजेन्द्रनिधि कोइराला र कुमारी मुना बास्तोलाले प्रत्यक्ष उम्मेदवार बन्न दावी गरेका छन् । समानुपातिकमा ऋषिराम सापकोटा, इन्द्रबहादुर कुवँर, शारदा गिरी, विष्णुप्रसाद बास्तोला, हारुन खान, राजेन्द्रबहादुर कोइराला, चन्द्रप्रकाश थापामगर, दीपक बास्तोला र विष्णुमाया परियारले नाम दर्ता गराएका छन् ।
क्षेत्र नम्बर ३ (क) मा रामचन्द्र त्रिपाठी, खिमलाल बास्तोला, हरिमाया गुरुङ, विष्णुबहादुर क्षेत्री, अम्बरबहादुर कार्की, शंकर ढुंगाना, भीमबहादुर गुरुङ र अमृत श्रेष्ठको नाम प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरिएको छ भने समानुपातिकमा लक्ष्मी पाण्डे, आनन्दराज मुल्मी, विजय वजिमय, पुष्पेन्द्र पाण्डे, मनबहादुर विक, खम्बासिंह गुरुङ, सुरेन्द्रमान विजुक्छे, सीता गुरुङ, सोनु गुरुङ, विजयाचञ्चला रेग्मी, लोक घले, सीता अधिकारी, टेकनशोभा गुरुङ, महेन्द्र पुन, दीपकराज पौडेल, मीना पाण्डे र मीना गुरुङ छन् । ३ नम्बरकै (ख) मा आइबहादुर गुरुङ, देवेन्द्रकुमार शेरचन, मनोज गुरुङ, भोजबहादुर गुरुङ, दुर्गाप्रसाद तिमिल्सीना, गंगा केसी, यशराज पराजुली, राजबहादुर गुरुङ, प्रकाश बराल र मनपति भण्डारी प्रत्यक्षतर्फका दावेदार हुन् भने रामजी कुवँर, भीम राना, दुर्गाबहादुर सुनार र मुक्तिराम अधिकारीको नाम समानुपातिकमा सिफारिस भएको छ ।