काँग्रेसको जागरण अभियान पोखरा ४ मा

पोखरा, असोज ६ ।

नेपाली काँग्रेस जागरण अभियान अन्तर्गत दोस्रो चरणमा क्षेत्र नं २(ख) सहित कास्कीका विभिन्न स्थानमा जागरणसभा जारी रहेको छ । त्यसक्षेत्र अन्तर्गत पोखरा ४ र पोखरा २० भलाममा पनि छुट्टाछुट्टै जागरणसभा भएको जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिए ।

आगामी उपनिर्वाचनमा कास्की क्षेत्र नं २ नेपाली काँग्रेसलाई बिजयी गराउन सबै तहबाट लाग्ने बोल्ने वक्ताहरुले प्रतिवद्धता जनाएका छन । कार्यक्रममा केन्द्रिय प्रतिनिधि सुबोधचन्द्र लामिछानेले जागरण अभियान उप चुनाव र संगठन विस्तारका बारेमा केन्द्रित रहेको बताए । उनले सरकारका अराजक गतिविधीका कारण देशमा भ्रष्टचार र द्वन्दहिनता मौलाएको बताए ।

कार्यक्रममा राष्ट्रिय सभा सांसद बृन्दा रानाले पार्टीभित्र एकअर्कालाई दोषरोपण गर्ने र आफूले जिम्मेवारी वहन नगर्ने प्रवृत्ति मौलाउदा पार्टीमा क्षति पुगेको बताइन । उनले पार्टी सुधार्न जागरण अभियान सार्थक बन्ने उल्लेख गरिन । कार्यक्रममा प्रदेश सांसद बिन्दुकुमार थापाले नयाँ ढंग र सोच पार्टीलाई बढाउन सके उपनिर्वाचन कांग्रेसको पक्षमा हुने विश्वास व्यक्त गरे ।

नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा ४ का सभापति गोबिन्द पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे, क्षेत्रिय सभापति मधु बास्तोला, प्रदेश ख सभापति बिरेन्द्र मर्सानी, सुरेन्द्र कोइराला, इकाई उपसभापति शंकर कोइरालाले कांग्रेसलाई जिताउन सबै एक भएर लाग्नु पर्ने बताए ।

यसै गरि पोखरा २० आयोजित कार्यक्रममा पार्टी संगठन विस्तार गर्दै जनताको घर दैलोमा कांग्रेस पुग्नु पर्ने जोड वक्ताहरुले जोड दिएका थिए ।