कस्तो अचम्म ! अर्काकी श्रीमती चोर्ने जात्रा

एजेन्सी, माघ २० ।
अफ्रीकाको सहेल रेगिस्तानमा बस्ने बोदाब्बे नामको एउटा जनजाती अनौठो जात्रा मनाउछ । हरेक बर्ष आयोजना हुने गेरवोल जात्राका क्रममा त्यहाका पुरुष सबै खुबै शृंगार पटार गर्छन र महिलालाई रिझाउछने । उनीहरुको लक्ष्य खासगरी विवाहित महिला हुन्छन । पुरुषहरु महिलाको मन जित्न अनेकौ हर्कत पनि गर्छन । यो जनजातीका पुरुष हरेक समय आफुसंग एना बोकेर हिंड्ने गर्छन पनि भनिन्छ ।

जात्रामा आफ्ना पतिलाई छलेर विवाहित महिला श्रिंगार गरि आएका पुरुषलाई हेर्छन र मन पर्यो भने उनीहरुसंग भाग्छन । यदि कुनै विवाहित महिला पुरुषसँग भाग्न सफल भएमा उक्त समुदायका मानिस उनीहरुबीच विवाह गरिदिन्छन ।

यो जनजाती सहेल रेगिस्तानका अलावा अफ्रिकाका देशहरु नाईजर, क्यामरुन, सेन्ट्रल अफ्रिकन रिजन र नाईजेरियामा पनि पाईन्छ । जात्राको क्रममा नाचगानको पनि व्यवस्था हुन्छ । अरु बेलामा छरिएर बस्ने यो जनजाती जात्राको क्रममा एकजुट हुन्छ । उनीहरु जात्राको कार्यक्रम सकेसम्म गोप्य राख्छन । जात्राका क्रममा एउटा विशेष नाच पनि हुन्छन जसमा पुरुष नाच्छन र तिन महिला निर्णायक उनीहरुको एकल प्रदर्शनको मूल्यांकन गर्छन ।