कसले जित्ला विश्वकप ?, अध्ययनले यस्तो भन्छ (ब्राजिल सबैभन्दा अगाडी)

एजेन्सी, जेठ २८ ।
तथ्य विश्लेषण गर्ने अमेरिकी संस्था ग्रासनोटले विश्वकप २०१८ को नतिजाको प्रक्षेपण सार्वजनिक गरेको छ । जसअनसार पाँच पटकको विश्वविजेता ब्राजिलले उपाधि जित्ने सम्भावना बढी देखिएको छ । ब्राजिलले पछिल्लो चार वर्षमा जम्मा चार खेल मात्र हारेको छ ।

सन् २०१६ जुन देखि ब्राजिलले एक खेल मात्र गुमाएको छ । जसकारण ब्राजिलको उपाधि जित्ने सम्भावना बढी भएको ग्रासनोटको दाबी छ । यस्तै उपाधि जित्ने सम्भावना बढी भएको दोस्रो टिम स्पेन हो । साविक विजेता जर्मनी तेस्रो र अर्जेन्टिना चौथो स्थानमा छन् ।ग्रासनोटका अनुसार ब्राजिलको २१ प्रतिशत, स्पेनको १० प्रतिशत जर्मनी र अर्जेन्टिनाको ८ प्रतिशत फ्रान्सको ६ प्रतिशत, कोल्बियाको ५ प्रतिशत पेरुको ५ प्रतिशत इंग्ल्यान्ड, बेल्जियम र पोर्चुगलको ४ प्रतिशत उपाधि जित्ने सम्भावना छ ।

ग्रासनोटले १० लाख बढी तथ्य विश्लेषण गरेर प्रक्षेपण गरेको दाबी गरेको छ । विश्वकपमा नयाँ विजेता पाउने सम्भावना ४७ प्रतिशत रहेको छ । समूह चरणमा पार गर्ने प्रक्षेपणमा युरोप र दक्षिण अमेरिकी टिम अघि देखिएका छन् । ग्रासनोटले युरोपबाट १० र दक्षिण अमेरिकाबाट ५ टिम अन्तिम १६ मा पुग्ने जनाएको छ । यस्तै गरी सेन्ट्रल अमेरिकाको एक टिम अन्तिम १६ मा पुग्ने उसको दाबी छ ।