कसरी भयो श्रेयाको बलात्कार पछि हत्या ? (घटना विवरण)

पोखरा, असोज १० ।
पोखरा पुम्दीभुम्दीकी श्रेया सुनार मंगलबार मृत भेटिईन् । सोमबारदेखि बेपत्ता भएकी उनको शव घर नजिकैको झाडिमा भेटिएको हो । प्रहरी अनुसन्धानबाट उनको बलात्कारपछि हत्या भएको खुलेको छ । यद्यपी प्रहरीले औपचारिक रुपमा घोषणा गरिसकेको छैन ।

घटना भएपछि छानविन र अनुसन्धानमा जुटेको कास्की प्रहरीले केही घण्टाभित्रै शंकास्पद ब्यक्तिहरु पक्राउ गर्यो । त्यसपछि केरकार गर्दै जाँदा एकजनाले श्रेयाको हत्या गरेको स्विकारे । हत्या स्विकार गर्ने ब्यक्ति श्रेयाकै छिमेकी हुन् ।

२७ बर्षिय कुशुम पौडेलले बलात्कारपछि हत्या गरेको स्विकार गरिसकेका छन् । तर उनले बलात्कार गरेको भने अझै स्विकार गरेका छैनन् । हत्या आरोपमा पक्राउ परेका पौडेल दिनहुँजसो रक्सी पिउँथे । कहिलेकाही गाँजा समेत खाने गरेको छिमेकी बताउँछन् । पाैडेल बाहिरबाट अाएर त्यहाँ बसेका हुन् ।

सोमबार पनि उनी रक्सी र गाँजाले मातेर घर आउँदै थिए । बाटाेमा श्रेयालाई भेटे । त्यसपछि उनलाई बोलाएर पौडेलले १० रुपैयाँ दिए । त्यही मौकामा उनले श्रेयालाई समात्न लाग्दा श्रेया चिच्याईन् ।

चर्को आवाज आएपछि पौडेलले श्रेयाको घाँटी थिचे र झाडितिर फालिदिए । बोल्न नसक्ने भएपछि त्यही मौकामा पौडेलले श्रेयाको बालात्कार गरे । अरुलाई थाहा हुने डरले ढुंगाले हानेर श्रेयाको हत्या गरे ।

श्रेयाको पोष्टमार्टममा संलग्न टोलिले बलात्कारपछि हत्या भएको पुष्टि गरिसकेका छन् । घटनाबारे जानकारी दिन र हत्याराको बिषयमा बताउन प्रहरीले बुधबार (आज) २ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ ।

‘बयान बुझ्दा बलात्कार नै गर्ने गरी घटना सुरु भएको देखिएन । मानसिकता बलात्कार गर्ने नभएपनि रक्सीले मातेर घटना घटेको देखिन्छ, बयानलाई उदृत गर्दै श्रोतले भन्यो–पैसा दिएर बालिका खुशी हुनु र एकान्त ठाउँ देखेर बलात्कार गरेको हुन सक्छ । अझै छानवीन भैरहेको छ ।’