कलिका माविलाई युनाइटेड क्लवको आर्थिक सहयोग

पोखरा, भदौ २९ ।
राष्ट्रिय बाल दिवसको अवसरमा युनाइटेड क्लव पोखराले कालिका मावि रामबजारलाई आर्थिक सहयोग गरेको छ । बिद्यालयले सञ्चालन गरेको विद्यार्थीहरुको खाजा अभियानलाई सघाउने उद्देश्यले ९ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । बाल दिवसको अवसरमा विद्यालयले आयोजना गरेको कार्यक्रममा क्लवका अध्यक्ष सुक बहादुर गुरुङ र महासचिव राजु श्रेष्ठले कालिका माबिका सहायक प्रध्यानाध्यापक श्रीराम आचार्य र विद्यार्थी खाजा अभियानका अध्यक्ष बासुदेव अधिकारीलाई ९ हजार रुपैयाको चेक हस्तान्तरण गरेका थिए ।
चेक हस्तान्तरण पछि बोल्दै क्लवका अध्यक्ष गुरुङले बिद्यालयलाई सघाउन पाउँदा खुशी लागेको बताए । सरकारी विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुका लागी क्लवले यसअघि छात्रबृद्धि कोष स्थापना गरिसकेको स्मरण गराउदै आगामी दिनमा पनि विद्यालयसँगै रहने प्रतिबद्धता जनाए ।
विद्यालयका सहायक प्रध्यानाध्यापक श्रीराम आचार्यले क्लवको सहयोगले बिद्यालयको अभियानमा ईट्टा थपिएको बताए । यसअघि युनाइटेड क्लवले आफ्नो शिक्षा कार्यक्रम अन्तर्गत गरिब तथा जेहेन्दार बिद्यार्थीका लागी ५० हजारको अक्षयकोष स्थापना समेत गरिसकेको छ ।