कर वृद्धिको बिरोधमा लेबनानमा हिंसा बढ्दै

 

एजेन्सी, कार्तिक २ ।

लेबनानका प्रधानमन्त्री साद हरिरीले मुलुकमा देखिएको संकट समाधानका लागि गठबन्धन साझेदारहरुलाई ७२ घण्टाको म्याद दिएका छन् ।

सरकारले हालै घोषणा गरेको नयाँ कर नीतिको विरोधमा प्रदर्शनहरु बढ्दै गएपछि प्रधानमन्त्री हरिरीले राष्ट्रिय एकताका लागि सरकार गम्भीर रहेको बताए ।

सत्ता सम्हालेको एक वर्ष नपुग्दै हरिरी सरकारमाथि संकट आएपछि राष्ट्रका नाममा सम्बोधन गर्दै लेबनानको आर्थिक विकासका लागि आफू प्रयासरत रहेको बताए ।

देशको आर्थिक समस्या समाधानका लागि सबैले मिलेरअघि बढ्ने बेला आएको उनले सम्बोधनका क्रममा उल्लेख गरेको अलजजिरा टेलिभिजनले जनाएको छ ।

बढ्दो खर्चका बीच नयाँ कर लगाउने सरकारी नियर्णयको बिरोधमा भएका प्रदर्शनहरु थप हिंसात्मक बन्दै गएपछि लेबनान सरकारलाई संकट आइलागेको समाचारमा जनाइएको छ ।