कर्मचारी सहकारीमा पौडेल निर्वाचित

पोखरा, असोज ७ ।
पोखराको सिर्जनाचोकमा रहेको कर्मचारी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा आत्माराम पौडेल निर्वाचित भएका छन् । संस्थाको दशौं साधारण सभा तथा चौंथो अधिवेशनबाट पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा महेशकुमार सिग्देल, सचिव बद्री पौडेल र कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठ चयन भए । यस्तै सदस्यहरुमा निलकण्ठ कोइराला, डिल्लीराम बास्तोला र सीता बराल छन् । लेखा समितिको संयोजकमा प्रेम प्रसाद ढकाल सहित सदस्यहरुमा गुरु प्रसाद अर्याल र मिना कुमारी श्रेष्ठ चयन भएका छन् । शिक्षा उपसमिति संयोजकमा गुरु प्रसाद वास्तोला सहित सदस्यहरुमा लक्ष्मीभद्र वाग्ले र मुक्ती गिरी चयन भए भने ऋण लगानी उपसमितिको सदस्यमा लीला प्रसाद पगेनी र गोमा कुमारी श्रेष्ठ छन् ।
कार्यक्रममा पश्चिमाचल क्षेत्रिय हुलाक निर्देशनालय पोखराका क्षेत्रिय निर्देशक गोपाल शर्माले कर्मचारीहरुमा सहकारी प्रतिको मोह सकारात्मक हुने बताए । उनले सहकारीले जीवन्तसम्म आर्थिक कारोबारमा सघाउने भन्दै अन्य कर्मचारीलाई पनि सक्रिय बनाउन सुझाए । नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रिय सदस्य शिव प्रसाद गौतम, संस्थाका संरक्षक रामजीप्रसाद कोईराला, नेपाल निजामति कर्मचारी युनियन संघ कास्कीका अध्यक्ष डार्वीन लम्साल लगाएतले बोलेका थिए ।