कर्मचारीले नेताको दिमाग खराब गरे : दाहाल

 

कैलाली, मंसिर २० ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कर्मचारीतन्त्रले परिवर्तनलाई आत्मसाथ नगर्दा संघीय व्यवस्थामै चुनौती देखापरेको आरोप लगाएका छन् ।

शुक्रबार कैलालीको धनगढीमा आयोजित ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’लाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनसँगै पुरानो राज्य व्यवस्थामा काम गरेका कर्मचारीलाई बिदाइ गर्न नसक्नु ठूलो कमजोरी भएको बताए ।

कर्मचारीले विभिन्न बहाना बनाएर नेताको दिमाग खराब गरिरहेको उनको जिकिर थियो ।

अध्यक्ष दाहालले संघीयता लागू गर्ने सवालमा कर्मचारीतन्त्रबाट असहयोग भएको आरोपसमेत लगाए ।

उनले देशभित्रकै लगानीकर्ताहरुलाई आकर्षित गर्न सुरक्षा र नाफाको प्रत्याभूति दिन सरकार तयार रहनुपर्ने बताए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जारी वित्तीय सम्मेलनले सबै स्थानीय तहहरुलाई समेटेर अगाडि बढ्न शुभकामना दिए ।
(ईमेजखबरबाट साभार)