करेण्ट लागेर दाजुभाइको मृत्यु

तनहूँ, कार्तिक २९ ।
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा नवनिर्मित स्वास्थ्य कार्यालयको भवन निर्माणका लागि मार्वल घोट्ने क्रममा विहीवार एक्कासी करेन्ट लाग्दा एकै घरका दुई दाजुभाइको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पश्चिम भारतीय मुल वेतीया जिल्ला निवासी २० वषीय आजात आलम र उनका २५ वर्षीय दाजु सागत आलम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख विनोद सिलवालले जानकरी दिए । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।