कमल थापासहित ४ मन्त्रीले लिए सपथ

काठमाडौं, असोज २८ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित ४ मन्त्रीले पदको सपथ लिएका छन् । मन्त्रीहरुलाई शनिबार राति पौने ८ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ दिलाइन् ।
थापा उपप्रधानमन्त्रीसहित सरकारमा गएका हुन् भने अन्य मन्त्रीको मन्त्रालय टुंगो लागिसकेको छैन ।
थापासँगै जयन्त चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापाले सपथ लिएका छन् । उनीहरुलाई केही दिनमा मन्त्रालय बाँडफाँट गरिने जनाइएको छ ।
लोकतान्त्रिक मोर्चा अनुसार राप्रपालाई गृह, उद्योग, सहरी विकास र आपूर्ति मन्त्रालय छुट्टयाइएको छ ।
यस्तै, राप्रपाबाटै राज्यमन्त्री बनेका कुन्तीकुमारी शाही, भाष्कर भद्रा, सुशीलकुमार श्रेष्ठ र कान्ता भट्टराईलाई पनि शनिबारै सिंहदरबारमा सपथ गराइने कार्यक्रम छ ।