कप्तान पारसको कीर्तिमानी शतकसँगै नेपालको सानदार जीत

काठमाण्डौं, असोज ११ ।
त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा कप्तान पारस खड्काले कीर्तिमानी शतक प्रहार गरेपछि नेपालले सिंगापुरमाथि जित हात पारेको छ । कप्तान खड्काको कीर्तिमान शतकमा नेपालले सिंगापुरलाई ९ विकेटले हराएको हो ।

टी–ट्वान्टी अन्तर्रा्ष्ट्रिय क्रिकेटमा नेपालका लागि पहिलो शतक प्रहार गर्ने खेलाडी बनेका पारसले ५२ बलमा नटआउट १ सय ६ रन बनाएका थिए । उनलाई आरिफले ३९ रनमा अविजित रहदै साथ दिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धा्िरत ओभरमा ३ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । नेपालका लागि करण केसीले २ विकेट हात पारे । डेब्यु खेलाडी सुशन भारीले १ विकेट लिएका थिए । नेपाल पहिलो खेलमा जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।

जिम्बावे एक खेलबाट २ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । नेपाल दुई खेलबाट २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । सिरिज अन्तर्गत नेपालले मंगलबार पुनः जिम्वाबेसँग खेल्नेछ ।