कपडा व्यवसायी एशोसियसन कास्कीद्वारा शैक्षिक सामाग्री वितरण

 

पोखरा, असोज ४ ।

कपडा व्यवसायी एशोसियसन कास्कीले रुपा गाँउपालिका वडा नं. ६ स्थित शारदा आधारभुत विद्यालयमा अध्ययन गर्ने छात्राछात्रहरुलाई शैक्षिक सामाग्री तथा ड्रेस प्रदान गरेको छ ।

संविधान दिवस २०७६ को अवसरमा शैक्षिक सामाग्रीहरु प्रदान गरिएको एशोसियसनका अध्यक्ष विष्णुप्रसाद तिमिल्सीनाले जानकारी दिए । उक्त कार्यक्रममा बोल्दै वडा सदस्य गेस बहादुर गुरुङ्ले वडाको शैक्षिक विकासका खातिर व्यवसायीहरुले शैक्षिक सामाग्रीहरु प्रदान गरि उल्लेखनिय कार्य गरेको बताए । ग्रामिण भेगमा रहेका विद्यालयहरुमा विद्यार्थीहरु जोगाउनु र शैक्षिक गुणस्तर वृद्धि गर्नु निकै चुनौतीपुर्ण रहेको बताउँदै उनले यसतर्फ सचेत रहन शिक्षासंग सम्बन्धित सरोकारवालाहरुलाई आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै कपडा व्यवसायी एशोसियसनका पुर्व अध्यक्ष जनकराज पराजुलि र पोखरा उद्योग वाणीज्य संघका कार्य समिति सदस्य रामेश्वर अधिकारीले व्यवसायीहरुको सामाजिक उत्तरदायित्व अन्तर्गत आयस्तर निम्न भएका गरिब तथा जेहन्दार विद्यार्थीहरुको पठनपाठन सहयोगार्थ शैक्षिक सामाग्रीहरु प्रदान गरिएको बताए । यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम बहादुर गुरुङ्ले शारदा आधारभुत विद्यालयको शैक्षिक विकासका लागी अभिभावकहरुको चासो आवाश्यक रहेकामा जोड दिए ।

एशोसियसनका अध्यक्ष बिष्णुप्रसाद तिमिल्सीनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष लेखनाथ पौडेल र संचालन महासचिव धर्ममानसिंह भण्डारीले गरेका थिए ।

कार्यक्रममा बालबालिकाहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।