कतार सरकारले नेपालका मुस्लिम समुदायको शिक्षा, स्वास्थ्य र समग्र विकासका क्षेत्रमा काम गर्ने

 

काठमाडौं, मंसिर ११ ।

कतार सरकारले नेपालका मुस्लिम समुदायको शिक्षा, स्वास्थ्य र समग्र विकासका क्षेत्रमा काम गर्ने इच्छा देखाएको छ ।

मुस्लिम आयोग र कतार सरकारका प्रतिनिधिबीच बुधबार आयोगको कार्यालयमा मुस्लिम समुदायको गुणस्तरीय विकासको लागि काम गर्ने सम्झौता भएको हो ।

ग्रामीण क्षेत्रमा रहेका मुस्लिम समुदायको शैक्षिक अवस्था पिछडिएको भन्दै आयोगले कतार सरकारसंग मदरसा शिक्षाको क्षेत्रमा काम गर्न पनि आग्रह गरेको थियो ।

कतार सरकारका प्रतिनिधि युसेफ एल सादाले मदरसा शिक्षा, स्वास्थ्य र मुस्लिम समुदायको विकासमा सहयोग गर्ने बताए ।

मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले कतार सरकारको सहयोग ग्रामीण क्षेत्रका मुस्लिम समुदायको उत्थानमा लगाइने जानकारी दिए ।

कार्यक्रममा अध्यक्ष अन्सारीले आयोगले अहिलेसम्म मुस्लिम समुदायमा गरेको काम, समस्या र प्रगतिको बारेमा जानकारी गराएका थिए ।

नेपालको बारा, पर्सा, रौतहट, सुनसरी, मोरङ, गोर्खा, तनहुँलगायतका जिल्लामा मुस्लिम समुदायको बाहुल्यता रहेको छ ।

(ईमेजखबरबाट साभार)