कक्षा ११ को रिजल्ट सार्वजनिक (कसरी हेर्ने ?)

काठमाण्डौं, असोज २० ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा शनिबार सार्वजनिक गरेको छ । नियमिततर्फ १ हजार एक सय १५ जना विद्यार्थीले जीपीए ३.६५ देखि ४ सम्म ल्याएका छन् । आठ हजार नौ सय ४९ ले जीपीए ३ देखि ३.६० ल्याए, जीपीए २.८१ देखिजीपीए ३.२० ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन् ।

त्यसैगरी २.४१ देखि २.८० ल्याउने ४८ हजार सात सय ३१,जीपीए २.१ देखि २.४० ल्याउने ८६ हजार सात सय ७०, जीपीए १.६१ देखि २ ल्याउने ९२ हजार पाँच सय ९३ रहेका छन् । जीपीए १.२१ देखि १.६० ल्याउने ४१ हजार चार सय ६, जीपीए ०.८१ देखि १.२० ल्याउने आठ हजार एक सय २७ र जीपीए ० देखि ०.८० ल्याउने २० हजार ६ सय ८५ रहेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

अंकाङ्कन पद्धतिमा परीक्षा दिएका आंशिक विद्यार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षाको नतिजा http://neb.ntc.net.np/ मा हेर्न सकिने छ ।