ओली पक्षका सांसद धमाधम काठमाण्डौं भित्रिए, हस्ताक्षर संकलन सुरु

काठमाण्डौं, बैशाख १७ ।
प्रधानमन्त्री केपी शर्मा ओली अहिले पार्टी भित्रैबाट प्रधानमन्त्री छाड्नुपर्ने दवावमा छन् । यसैका लागि बुधबार साँझ सचिवालय बैठक पनि बोलाईएको छ ।

ओलीले त्यसको पूर्व तयारी गरिरहेका छन् । प्रधानमन्त्री ओली पक्षधर सांसदहरुले हस्ताक्षर संकलन सुरु गरेका छन् । अध्यक्ष पद नछाडे प्रधानमन्त्रीबाट पनि हटाउने तयारी भएको भन्दै ओली पक्षले संसदीय दलमा बहुमत सांसदको समर्थन जुटाउन संघीय संसदका सदस्यहरुको हस्ताक्षर संकलन सुरु भएको हो ।

संसदीय दलमा आफ्नो बहुमत पु¥याएर मात्रै दलको बैठक बोलाउने तयारीमा छन् । श्रोतका अनुसार उनले संसदीय दलको बैठक बोलाएर उनले प्रधानमन्त्री फेर्ने वा नफेर्ने भन्ने छिनोफानो गर्ने तयारी थालेका हुन् । ओली निकट सांसदहरु अहिले बालुवाटारमा भेला भएका छन् । राजधानी बाहिर रहेकाहरुलाई पनि काठमाण्डौं लगिएको छ ।

प्रधानमन्त्रीको पक्षमा प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ११५ जना सांसदले साथ दिने ओलीनिकट नेताहरुको दाबी छ । उनको पक्षमा ९२ सांसद रहेको दावी गरिएको छ । आज साँझ बस्ने बैठक निकै महत्वपूर्ण हुने अनुमान छ ।