ओली झापा ५ बाट एमालेका सर्वसम्मत उम्मेदवार

झापा, असोज १८ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट सर्वसम्मत रुपमा सिफारिस भएका छन् । प्रतिनिधी सभामा एमालेले ओलीलाई झापा ५ बाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको हो ।
स्थायी समितिले निर्धारण गरेको विधि, प्रक्रिया र मापदण्डअनुसार सोमबारबाटै प्रदेश सभा निर्वाचन समन्वय कमिटी र प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटीले सुझावसहित सिफारिस सुरु गरेको हो । झापाको पाँचवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि सम्बन्धित कमिटीको बैठकले जिल्लामा नाम सिफारिस गरिसकेका छन् ।
क्षेत्र नम्बर १ बाट गोपालचन्द्र बुढाथोकी, क्षेत्र नम्बर २ बाट पवित्रा निरौला खरेल, क्षेत्र नम्बर ३ बाट पुष्पराज पोखरेल, क्षेत्र नम्बर ४ बाट लालप्रसाद (एलपी) साँवा र क्षेत्र नम्बर ५ बाट अध्यक्ष केपी ओलीको नाम सर्वसम्मत सिफारिस गरिसकेको एमाले झापाका सचिव मदन अधिकारीले बताए । प्रदेश सभाका उम्मेदवार पनि बुधबारसम्ममा सर्वसम्मत सिफारिस गर्ने योजना रहेको उनले जानकारी दिए ।