ओलीसँग किन आमने सामने भए पीएस गुरुङ ?

मात्रिका पौडेल
काठमाण्डौं, भदौ २२ ।
तत्कालीन एमाले पंक्तिमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पीएस कमरेड भनेर चिनिन्छन् । ‘पीएस गुरुङ नै केपी ओलीसँग आमने–सामने भएपछि केही त हुन्छ’ नेकपाका एक प्रभावशाली नेता तथा प्रदेशसभा सदस्यले बिहीबार एक अनौपचारिक जमघटमा कुरा शुरु गरे ।

संघीयता असफल पार्न संघीय सरकारका संयन्त्रहरु नै लागिरहेको र प्रदेश सरकारलाई औचित्यहीन बनाएर संघीयता असफलताको दोष थोपर्ने षडयन्त्र भइरहेको भन्दै गुरुङले नेतृत्वसँग फरक मत राखिसकेका छन् । उनले आफ्नै पहलमा बिहीवार पोखरामा प्रदेशका मुख्यमन्त्रीहरुको भेला नै आयोजना गरे । जहाँ प्रदेशको अधिकार मागेर होइन खोसेर लिनुपर्ने कुरा उठेको छ ।
पूरा पढ्न यहाँ क्लिक गर्नुस् ।