ओलीलाई धनराजको प्रश्न–देशलाई भारतमा गाभ्न खोज्ने राष्ट्रवादी कि राष्ट्रघाती काम्रेड?(भिडियो)

पोखरा, मंसिर १४ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले एमाले अध्यक्ष केपी ओली राष्ट्रबादी नभएको टिप्पणी गरेका छन् । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष ओलीले संविधान निर्माणका बेला नेपालको समथर भुभागलाई विहारसँग मिसाएर छुट्टै प्रदेश बनाउन उक्साएको आरोप लगाए । ‘राष्ट्रियताको कुरा अहिले बढी चर्चामा छ । केपी ओली आँफुलाई खुवै राष्ट्रबादी भनेर प्रचार गर्छन, उनले प्रश्न गरे–संविधान बनाउने बेला नेपालको मधेस पनि समथर छ, भारतको विहार पनि समथर छ । दुवै समथर ठाउँलाई मिलाएर एउटै प्रदेश बनाउँ भन्नु राष्ट्रवादी हो कि राष्ट्रघाति हो काम्रेड ?’
गुरुङले बृद्धभत्ता एमालेले बाँडेको भनेर गलत प्रचार गरिरहेको बताएका छन् । जनताको पैसा जनतालाई दिँदा एमालेले दिएको भन्न नमिल्ने भन्दै उनले राज्यको ढुकुटीमा पार्टीको राजनीति नगर्न आग्रह गरे । बृद्धभत्ता एमाले सरकार छँदा सुरु भयो । त्यसमा हामीले पनि सघाएका हौं । एकल महिला भत्ता काँग्रेसले दिएको हो । दलितका छोराछोरीलाई खाजा भत्ता काँग्रेसले दिएको हो, उनी भन्छन्–तर हामीले त्यस्तो प्रचार कहिल्यै गरेका छैनौं । किनकी यो राज्यको दायित्व हो । राज्यको दायित्वलाई कुनै अमुक पार्टीले जस लिन मिल्दैन ।’