ओलीको नेतृत्वमा रहेको नेकपा नै संस्थापनः अधिकारी

पोखरा, फागुन ८ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा गण्डकी सह(इन्चार्ज खगराज अधिकारीले केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपा नै संस्थापन र मुल पार्टी भएको बताएका छन् ।

आगामी फागुन १५ गते हुनको बृहत आमसभाका लागि नेकपा वडा नं २७ कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता अधिकारीले नेकपाको राष्ट्रवादी धारको नेतृत्वमा केपी ओलीको विकल्प नरहेको दाबी गरे ।

विघटित प्रतिनिधि सभा सदस्य समेत रहेका अधिकारीले फागुन १५ गतेको आमसभा शक्ति प्रर्दशन मात्रै नभइ चुनावी सभाको रुपमा बुझी सोही अनुरुप तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा नेकपा केन्द्रिय सदस्य दामोदर बैरागीले केपी शर्मा ओलीको नेतृत्वमा मात्रै बिकास र समृद्धि अगाडी बढ्ने बताए ।

राष्ट्रिय युवा संघ कास्की इन्चार्ज विष्णु पुनले आमसभालाई सफल बनाउन टोल कमिटी सम्म पुगेर खट्न युवाहरुलाई निर्देशन दिए ।

नेकपा वडा नं २७ का अध्यक्ष सूर्यमणी लामिछानेले वडा भित्र रहेका १३ वटा टोल कमिटी करिब १२ सय जनाको सहभागी रहने गरि तयारीमा जुटेको जानकारी दिए ।