ओलम्पिक टर्च पोखरामा, ओलम्पियन सहित खेलाडीले गरे परिक्रमा

 

पोखरा, मंसिर १३ ।

१३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) पुर्व सन्ध्यामा पोखरामा ओलम्पिक टर्च परिक्रमा गरिएको छ ।

काठमाडौँको स्वयम्भुबाट शुरु भएको ओलम्पिक टर्च शुक्रवार पोखरा आइपुगेको हो । पोखरा आइपुगेको ओलम्पिक टच रंगशाला, पृथ्वीचोक, सभागृह हुदैँ पुन रंगशाला ल्याइएको थियो ।

राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले टर्च प्रज्वलन गरी बिहान ८ बजे ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरि शुरु गरेको थिए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको समन्वयमा टर्च ¥याली आयोजना गरिएको हो । ओलम्पिक टर्च ६ जना ओलम्पियनले देशका प्रमुख सहरमा पु¥याउने क्रममा पोखरा आएका हुन् ।

मंसीर १५ गते देखि सुरु हुने सागको ओलम्पिक टर्च ¥यालीमा नेपालका चर्चित ओलम्पियन टिकाराम श्रेष्ठ, जित बहादुृर के.सी, मुकुन्द हरी श्रेष्ठ, ज्ञान बहादुर वोहरा, कान्छी माया कोजु र राज कुमारी पाण्डे सहभागी भएका थिए ।

राष्ट्रिय अभियानमा पर्यटन र खेल संग जोड्न कठोर मेहनतका साथ यहाँ संरचना सम्पन्न गर्न लागेको गण्डकी प्रदेश सभा सदस्य तथा स्थानिय १३ औं साग सहजिकरण समितीका सदस्य मोहन रेग्मीले बताए । पोखरामा ल्याईएको टर्च सहर परिक्रमा गरि रंगशालामा नाचगान सहित सम्पन्न गरिएको थियो भने सोहि अवसरमा स्थानिय व्यवस्थापन तथा सहजिकरण सतितिका सदस्य तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङ, राखेप सदस्य राजेश गुरुङ लगाएतले आफ्नो भनाइ राखेका थिए ।

ओलम्पिक टर्च मंसीर १५ गते काठमाडौँ पुगेर सम्पन्न हुनेछ ।