एसपी अशोक सिंहको महानगरिय प्रहरी परिसरमा सरुवा

पोखरा, असोज ८ ।
एसपी अशोक सिंहको काठमाण्डौं महानगरिय प्रहरी परिसरमा सरुवा भएको छ । केही महिना अघि कास्कीबाट सरुवा भएर महानगरिय प्रहरी कार्यालय रानीपोखरी पुगेका उनको महानगरिय प्रहरी परिसरमा सरुवा भएको हो ।

कास्की प्रहरी प्रमुखको जिम्मेवारीमा रहँदा निकै चर्चित सिंह त्यसअघि ललितपुर जिल्ला परिसरमा थिए । काठमाडौंमा रहेका एसपी रामदत्त जोशी पनि काजमा आइजी सचिवालय सरुवा भएका छन् ।