एसईई परीक्षाको तयारी गर्दै गरेकी मनिषाले किन गरिन् आत्महत्या ?

पाल्पा, चैत १२ ।
पाल्पामा आईतवार एसईई परीक्षा दिने एक किशोरीले आत्महत्या गरेकी छिन् । आइतबार पाल्पाको बग्नासकाली गाउँपालिका–६ की १६ वर्षीया मनिषा विकले पनि झुण्डिएर आत्महत्या गरेकी हुन् ।

उनले त्यर्स गाउँको गुँगा माध्यामिक विद्यालयबाट एसईई परीक्षा दिने तयारीका लागि बुटवलबाट शनिवार साँझ मात्रै घर पुगेकी थिइन् । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घटनाको विशेष कारण अझै पत्ता लागेको छैन ।