एसइईको रिजल्ट भोलि (कसरी हेर्ने ?)

पोखरा, असार १० ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बुधबार (भोलि) प्रकाशन गरिने भएको छ । उत्तरपुस्तिका परीक्षणपछि सबै काम सम्पन्न गरी अन्तिम रुजु गर्ने कार्य भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

‘नतिजा प्रकाशनको तयारी अन्तिम चरण पुगेको छ । सम्भवतः बुधबार नै प्रकाशित हुनेछ । कथंकदाचित प्राविधिक पक्ष मिलाउन ढिलाइ भएमा बिहीबारसम्म नतिजा आउँछ’, कार्यालयका एक अधिकारीले भने ।

नतिजा प्रकाशनका लागि आवश्यक तयारी अन्तिम अवस्थामा पुगेको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए । उनले भने, ‘एक दुई दिनभित्रै परीक्षाफल प्रकाशित गरिनेछ । प्रकाशनको अन्तिम तयारीमा हामी लागेका छौं ।’ कार्यालयले परीक्षाको नतिजा सम्बन्धी विवरण हेर्न सकिने व्यवस्थाको सूचना जारी गरिसकेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले विभिन्न वेबसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नतिजा थाहा पाउन सकिने जनाएको छ । २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी थिए ।

रिजल्ट हेर्ने तरिका